पाकिस्तानी प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
आज बिहान होटल हायातमा पाकिस्तानी प्रधानमन्त्री अब्बासी र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।
भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको जानकारी गराए ।
करीब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापार, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायतका विषयमा छलफल भएको दाहालले बताए ।
बैठकमा अध्यक्ष दाहालसहित माओवादी नेतासमेत रहेका गृहमन्त्री रामबहादुर थापा, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायत उपस्थित थिए ।