मेसीको गोलले एट्लेटिको पराजित, बार्सीलोना ८ अंकले अगाडि
दोस्रोस्थानमा रहेको एट्लेटिको मड्रिडलाई पराजित गर्दै शीर्षस्थानको बार्सीलोनाले ८ अंकको स्पष्ट अग्रता लिएको छ । २० फागुन राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बार्सीलोना १-० गोल अन्तरले विजयी भएको हो ।
बार्सीलोनाका लागि लियोनल मेस्सीले. २६ औं मिनेटमा फ्रि किक्द्धारा निर्णायक गोल गरेका हुन । यो जितसँगै बार्सीलोनाको २७ खेलबाट ६९ अंक भएको छ । समान खेलबाट एट्लेटिकोको ६१ अंक छ ।
तेस्रोस्थानको रियल मड्रिडको ५४, एक खेल कम खेलेको भ्यालेन्सियाको ५० र सेभिल्लाको ४५ अंक छ ।