बस दुर्घटनामा तीन यात्रुको निधन
मकवानपुरको पश्चिम भेकमा पर्ने हाँडीखोला–२ मकरीबाट सदरमुकाम हेटौँडातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा तीन जना यात्रुको मृत्यु भएको छ ।
ना४ख ४३०७ नंको बस मकरी नजिकै अनियन्त्रित भई घुम्तीमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
हाँडीखोला–२ का २० वर्षीय पनिस लामिछाने, २१ वर्षीय सूर्यबहादुर लामा र नाम नखुलेकी एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक वामदेव गौतमका अनुसार दुर्घटनाका गम्भीर घाइते १० जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको छ भने बाँकीको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।