माओवादीबाट त्रिलोचन भट्ट प्रदेश–७ को मुख्यमन्त्रीमा सिफारिस
माओवादी केन्द्रले प्रदेश–७ को मुख्यमन्त्रीका लागि डोेटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।
माओवादी केन्द्रको प्रदेश कार्यालयको बैठकले मुख्यमन्त्रीका लागि भट्टको नाम सिफारिस गरेको हो ।
माओवादी केन्द्र प्रदेश–७ का संयोजक लक्ष्मणदत्त जोशीले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएको थियो ।
माओवादीबाट मुख्यमन्त्रीका लागि भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो ।