हुम्लामा विमान दुर्घटना, दुई चालक घाइते
मकालु एयरको विमान हुम्लामा दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र प्रशान्त शाह गम्भीर घाइते भएका छन् ।
हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३:३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा नदी किनारमा खसेको थियो। सिंगल इन्जिन विमानको इन्जिनमा खराबी आएपछि फोर्स ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको हो ।
विमान नदीमा खसे पनि चालकद्वय लामा र शाह भने बाँच्न सफल भएका छन् । दुवैलाई सिम्रिक हेलिकम्पटरबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । विमान हुम्लामा सामान पुर्याएर रित्तै फर्किरहेको थियो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
रासस