गङ्गामायाले अनसन किन तोडिन्?
आफ्नो छोराको हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै अनशनरत गङ्गामाया अधिकारीले अनशन तोडेकी छन् । एक महिनादेखि औषधि र स्लाइन समेत नलिइ काठमाडौं वीर अस्पतालमा अनशनरत उनले २९ भदौमा अनसन तोडेकी हुन ।
२०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अनशनरत गङ्गामायाले अदालतको बयानका लागि अनशन तोडेकी हुन । २ असोजमा चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैँ गङ्गामायाको बयान लिन आउने भएपछि अनशन तोडेको गंगामायाका तर्फबाट उक्त मुद्दा हेर्दै आएका कानुन व्यवसायी इन्द्र अर्यालले जानकारी दिएका छन् ।
मानवअधिकारकर्मीहरुको दबाबपछि चितवन अदालतका प्रशासनिक प्रमुख काठमाडौँ आएर गङ्गामायाको बयान लिन लागेका हुन ।
गङ्गामायाको श्रीमान नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा निधन भएको थियो ।