जुडोकी मनितालाई कास्य पदक
भारतको कोचीमा भएको १०औँ एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा मनिता श्रेष्ठ प्रधानले कास्य पदक जितेकी छन् । २४ भदौमा मनिताले किर्गिस्तानकी काडीरोभा जिरेगुललाई बाजारीमा पराजित गर्दै कास्य जितेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए ।
इरा र अर्नभ पहिलो
नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटिए एसियन जुनियर टुर यु–१४ ¥याङ्किङ टुर्नामेन्टअन्तर्गत सर्किट १ को उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएका गल्र्स सिङ्गल्स फाइनलमा इराले भारतकी सम्भावी तिवारीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।
भारतकी लक्षण्या श्रीवास्तव तेस्रो, नेपालका प्रेरणा कोइराला चौथो र अभिलाषा विष्ट पाँचौँ, भारतकी तनिशा प्राण्जल छैटौँ, नेपालका रायना शाह सातौँ, प्रियङ्का चौधरी आठौँ र इशाश्री शाह नवौँ तथा भारतकी अर्सिया अहमद दसौँ स्थानमा रहे ।
एसियाली टेनिस महासङ्घको सहयोगमा अखिल नेपाल लनटेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा ब्वाइज फाइनलमा अर्नभले नेपालका आदित सुवेदीलाई ६–२ र ६–२ को सिधा सेटमा हराए ।
नेपालका सम्यकभूषण बज्राचार्य तेस्रो, भारतका अमितोज सच्देवा चौथो, एम्बिसियस गोल्डस्मिथ पाँचौँ र आर्यमन मेहता छैटौँ, नेपालका सहर्षचन्द सातौँ तथा भारतका वत्सल श्रीवास्तव आठौँ, श्रीकान्त ठाकुर नवौँ र शशिकान्त ठाकुर दसौँ भए ।
विजेतालाई लनटेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, ललितपुर जिल्ला लनटेनिस सङ्घका अध्यक्ष दीपक कार्की र प्रायोजक केशा ग्रुपका अध्यक्ष केशवराज पाण्डेले पुरस्कृत गरे । सोमबारदेखि सुरु भएको प्रतियोगितामा २६ ब्वाइज र १८ गल्र्स सहभागी थिए । प्रतियोगिताअन्तर्गत सर्किट २७ भदौदेखि सुरु हुँदैछ । रासस