समाचार बुधबार, साउन १९, २०७३

दुई लाख एन्टीस्नेक भ्याक्सिन खरिद गरिंदै

हिमालखबर

वर्षामा सर्पको टोकाइबाट मृत्यु हुने अवस्था आउन नदिन स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले करिब दुई लाख भ्याक्सिन खरिद गर्ने भएको छ ।

आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिकंकरीले सर्पको टोकाइबाट हुने मृत्युलाई रोक्न एन्टीस्नेक भ्याक्सिनका लागि सम्झौता भइसकेको बताए ।
गर्मी र बर्सातका समयमा तराईमा सर्पको टोकाइबाट थुप्रै मानिसको ज्यान जाने गरेको छ । तराईको उष्ण मनसुनी हावापानी सर्पका लागि अतिउपयुक्त मानिन्छ । यसैकारण तराईमा प्रशस्त सर्प पाइन्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले वर्षामा आउने बाढीमा सर्प पनि बगेर आउने हँुदा जोगिने स्थान खोजिरहेका सर्पले मानिसलाई डस्न सक्ने धेरै सम्भावना रहने बताए। रासस

 

प्रतिकृया दिनुहोस