हुवावे पि टेन प्लस बजारमा
हुवावेले नयाँ पि टेन प्लस स्मार्टफोन सार्वजनिक गरेको छ ।
हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र पि टेन प्लस क्यामरा लेन्स किट उपहारसहित नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउनेछन् ।
हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिनाको मोबाइल डिस्प्ले स्क्रिन बिमा, काठमाडौंमा डोर टु डोर र भिआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ ।
पि टेन प्लस स्मार्टफोनमा ६४ जीबी आन्तरिक मेमोरी रहेको छ । यो मोडल गोल्डेन, कालो र सिल्भर रङ्गमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।