सिप्रदी र सौर्य एयरलाइन्सबीच ब्रान्डिङ सम्झौता
सिप्रदी ट्रेडिङ् प्रालि र सौर्य एयरलाइन्सबीच ब्रान्डिङ सम्झौता भएको छ ।
सम्झौताअनुसार सौर्य एयरलाइन्सका जहाजमा टाटा मोटर्सका बिज्ञापन राखिएका छन् । शुरुआतमा टाटा टियागोको बिज्ञापन सौर्य एयरलाइन्सका जहाजमा राखिएको छ।
अब सौर्य एयरलाइन्सका जहाज भित्र र बाहिर टाटा मोटर्सका ब्रान्डिङ झल्किने सामग्री राखिने सिप्रदीले जनाएको छ ।
व्यापार प्रवद्र्धनको लागि यो नयाँ शैली भएको र यसले टाटा गाडीको वारेमा उपभोक्तामा थप विश्वास बढ्ने अपेक्षा गरिएको सिप्रदी ट्रेडिङका जनरल म्यानेजर प्रवीण खतिवडाले बताए।