राष्ट्रिय आविष्कार केन्द्रलाई वृज सिमेन्टको साथ
सामाजिक अभियन्ता एवं म्यागसेसे पुरस्कार विजेता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई वृज सुपर प्रिमियम ओपिसी सिमेन्टले दुई लाख पचास हजार सहयोग प्रदान गरेको छ ।
पुनको सामाजिक अभियानलाई सफल बनाउन तथा नवीन खोज र अनुसन्धानलाई प्रभावकारी गर्नको लागि आविष्कार केन्द्रलाई साथ दिएको उद्योगले जनाएको छ ।
वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पिपिसी) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपिसी) सिमेन्ट उत्पादन र विक्री वितरण गर्दैै आइरहेको छ ।
साथै उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक, प्राविधिकलगायतका विविध सहयोग गर्दै आएको छ ।