आईएमई आकाङ्क्षा छात्रवृत्तिको नतिजा सार्वजनिक
आईएमई रेमिट्यान्स तथा ग्लोबल आईएमई बैङ्कले शैक्षिक सत्र २०७३ का लागि सय जना विद्यार्थीहरूलाई “आईएमई आकाङ्क्षा छात्रवृत्ति” प्रदान गरेको छ ।
सार्वजनिक, निजी तथा सामुदायिक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त भएका आवेदनका आधारमा शैक्षिक सत्र २०७३ का लागि “आईएमई आकाङ्क्षा छात्रवृत्ति” प्रदान गरिएको हो ।
आईएमई रेमिट्यान्स एवम् ग्लोबल आईएमई बैङ्कले एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
छात्रवृति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी गराए ।