रेडमी नोट–फो बजारमा
रेडमी सिरिज अन्तर्गतको रेडमी नोट–फो बजारमा आएको छ ।
५.५ इन्चको डिस्पले रहेको नोट–फोमा २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।
४ जीबी र्याम र ६४ जीबी रोम रहेको यो सिरिजमा ४१०० एमएएचको ब्याट्री रहेको छ । नोट–फोमा १३ मेगा पिक्सलको रियर ५ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।
साओमी नेपालले एक वर्षको अन्तरालमा मी को २० भन्दा बढी सिरिजका स्मार्टफोन नेपाली बजारमा भित्राइसकेको छ ।
कम्पनीले रेडमी नोट–फोको मूल्य २८ हजार ४९९ तोकेको छ ।