नयाँ बानेश्वरमा ग्लोबल आइएमईको नयाँ एटिएम
ग्लोबल आइएमई बैंकले काठमाडौँको नयाँ बानेश्वरमो नयाँ एटिएम सेवा शुरु गरेको छ ।
ग्राहकको सुविधाको लागि बैंकले नयाँ बानेश्वरको एटिएम लन्जमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।
नयाँ बानेश्वरसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ ।
बैंकले ९४ शाखा, ६ एक्सटेन्सन काउण्टर, १० राजश्व सङ्कलन काउण्टर, १०७ वटा एटिएम र ४४ शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।