चट्याङ लागेर दुईको मृत्यु, सात घाइते
पर्वतमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
१७ वैशाख साँझ झरीसँगै परेको चट्याङले फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपाली र महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो ।
रुखमुनि बसेका नेपालीलाई चट्याङ लागेको थियो भने थापालाई आँगनमा हात धुँदै गर्दा चट्याङ लागेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर पाङ्राङका विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली घाइते भएका छन् भने फलामखानीका नन्दु थापा, चन्द्रबहादुर थापा, कमला सुनार र माया सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । रासस