वीरगञ्जमा आगलागी २५ घर जलेर नष्ट
वीरगञ्ज उप–महानगरपालिका अन्तर्गत पटेल नगरको गाछी टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् ।
स्थानीय नरेश पटेलको घरबाट शुरु भएको आगलागीले २५ घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक ऋृषिकुमार ढुङ्गानाले जानकारी दिएका छन् ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परी २ चौपाया, स्थानीय जादोलाल राउत पटेलको २ लाख नगदलगायत २५ परिवारका घरभित्र रहेका सम्पूर्ण सरसामान नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिकाे पूरा विवरण आउन बाँकी छ ।
जियालाल साह