थ्रीस्टार बराबरीमा रोकियो, दोस्रो चरण प्रवेशको संभावना बलियो
एफसी प्रि–क्वालिाइङ अन्तर्गतको दोस्रो खेलमा थ्रीस्टार क्लबले बराबरी खेलेको छ । मङ्गोलियामा ७ भदौमा थ्रीस्टार र कम्बोडियाको नागावल्र्ड क्लब १–१ गोलको बराबरी राेकिएकाे हो ।
नागावल्र्डले २८ औँ मिनेटमा अग्रता लिएको थियो । ८५ औँ मिनेटमा गोल गरेर मार्टिनले थ्रीस्टारलाई हारबाट जोगाएको हाे ।
थ्रीस्टारले ५ भदौमा भएको पहिलो खेलमा मङ्गोलियाको इर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
दुई खेलबाट चार अंक जोडेको थ्रीस्टार समूहको शीर्ष स्थानमा छ । अन्तिम खेल खेल्न बाँकी नागवल्र्डको एक र इर्चिम क्लबको शुन्य अंक छ ।