हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु
अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिएका छन् ।
गत २४ घन्टायता भएको कारबाहीमा ती आतङ्ककारीहरु मारिएको गृहमन्त्रायलद्वारा आज जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी सोही प्रान्तको गदी गाउँमा भएको सुरक्षा कारबाहीमा तीन तालिवानी आतङ्ककारी मारिएका अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षा बलले जनाएको जारी विज्ञप्तिमा जनाएको छ ।
नान्र्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालावादमा सन् २०१५ को जुलाई महिनादेखि आइएस लडाकु र सुरक्षाबलबीच भीषण लडाइँ हुँदै आएको छ ।
यो पहाडी प्रान्त अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर टाढा रहेको छ ।
रासस/सिन्ह्वा