राष्ट्रिय क्रिकेट टीममा को को परे?
विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा केन्यासँग खेल्न नेपाली राष्ट्रिय टीम घोषणा गरेको छ । २२ फागुनमा पारस खड्काको नेतृत्वमा १४ सदस्यीय टीम घोषणा गरिएको हो ।
२८ र ३० फागुनमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका अन्तिम नाम घोषणा गरिएको हो । टीमको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, महबुब आलम, अरिफ शेख, सुनिल धमला र दीपेन्द्रसिंह ऐरी छन् ।
यसैगरी वैकल्पिक खेलाडीमा राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की र दिलीपनाथ छन् ।