नयाँ विशेषतासहित नोकिया ३३१० पुनः बजारमा
नयाँ विशेषतासहित नोकिया ३३१० पुनः सार्वजनिक गरिएको छ ।
सन् २००५ देखि बन्द भएको यो मोबाइल आइतबार स्पेनमा सार्वजनिक गरिएको हो ।
हालसम्म यो मोडेल बिक्रीको यूनिट कुनै पनि ब्राण्डको मोबाइलले तोड्न सकेका छैनन् । नयाँ विशेषतासहित आएको मोबाइलमा २.५ जी कनेक्टीभिटी रहको छ भने यसको आन्तरिक मेमोरी ८ जिबी रहको छ त्यस्तै एसडी कार्डको मद्दतले ३२ जिबीसम्म मेमोरी विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।
यो मोबाइलको प्रमुख विशेषताको रूपमा ब्याट्रीलाई नै उल्लेख गरिएको छ। एक महिनासम्म टिक्नसक्ने भनिएको ब्याट्रीका साथै मोबाइल निकै बलियो रहेको कम्पनीले दाबी गरेको छ ।
नयाँ मोडेलको ३३१० मा इन्टरनेट समेत चलाउन मिल्नेछ साथै यसमा २ मेगापिक्सलको फ्ल्यास सहितको क्यामेरा रहेको छ । कम्पनीले ३३१० को शुरुवाती मूल्य ४९ यूरो तोकेको छ।