खप्तड गोल्ड कपमा ७८ लाख खर्च, अब विजेताले ११ लाख पाउने
सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ ।
आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने ९ फागुनमा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
गत २१ पुसदेखि १ माघसम्म सञ्चालन भएको पहिलो संस्करणको विजेता मनाङ मस्र्याङ्दीलाई रु. पाँच लाख तथा उपविजेता सङ्कटालाई रु. दुई लाख ५१ हजारसहितको पुरस्कार दिइएको थियो ।
पत्रकार सम्मेलनमा पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्न भएको रु ७८ लाख १६ हजारको आयव्यय विवरणसमेत सार्वजनिक गरिएको थियो ।रासस