जस्मिन पेन्ट्सको अन्तरक्रिया सम्पन्न
जस्मिन पेन्ट्स प्रालिले पेन्टर तथा व्यवसायीहरूबीच अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रालिले यसवर्षको अन्तिम कार्यक्रम २५ माघमा काठमाण्डौमा सम्पन्न गरेको हो ।
कार्यक्रममा जस्मिन पेन्ट्स नेपालका व्राण्ड एम्वेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पुरस्कृत पेन्टर मजदुरहरुलाई सम्मान तथा उपहार प्रदान गरे । कम्पनीका कन्ट्री म्यानेजर रविन शर्मा भुषालले आफ्नो कम्पनीबाट उत्पादित रोयल ग्लेज, एक्स्टेरियर इमोल्सन र लो भोक पेन्ट होम एण्ड ट्रिमको बारेमा जानकारी गराएका थिए ।
देशका विभिन्न शहरहरुमा पेन्टर उपहार योजना भाग–३ अन्र्तगत यसअघि नै उपहार विजेता पेन्टर मजदुरहरुलाई मोटरसाइकल, फ्रिज, टि.भि, ल्यापटप लगायतका पुरस्कारहरु वितरण गरिएको थियो ।