बिग सेल मेला ९ माघसम्म
काठमाडौं, भृकुटी मण्डपमा जारी बिग सेल मेला ९ माघसम्म चल्ने भएको छ । नेपाली जुत्ता घरको आयोजनामा १४ पुसबाट शुरु मेलामा जाडो यामका लागि तयार गरिएका जुत्ता, चप्पलहरू अवलोकन तथा बिक्री भईरहेको छ ।
खुद्रा बिक्रिमा १५ प्रतिशतदेखि ७५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको आयोजकले जनाएको छ । मेलामा रु. १५० देखि रु. १० हजारसम्मका जुत्ता तथा चप्पल उपलब्ध छन् ।