सुन नपाएपछि ब्यावसायी बिरोधमा
बिक्री बितरणका लागि पर्याप्त सुन नपाएको भन्दै रुपन्देहीका सुनचादी व्यवसायीले जिल्लाभरका सुन पसल बन्द गरेका छन् । आफ्ना माग पुरा गराउन ५ र ६ माघका लागि बन्द आव्हान गरिएको सुनचादी व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष बिक्रमबहादुर सुनारले बताए ।
विवाहको सिजनमा पनि १५ दिनमा जम्मा ३ किलो सुन उपलब्ध गराएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुनचादी व्यवसायी संघका अनुसार उनीहरूलाई दैनिक दुई किलो सुन आवश्यक पर्छ । रुपन्देहीमा करिब ३ सय ५० सुन पसल छन् ।
व्यवसायीले प्रर्याप्त सुन उपलब्ध गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र समेत पठाएका छन् ।
दीपक ज्ञवाली, बुटवल