ओलम्पिकः फुटबलको सेमिफाइनल समिकरणतय
ब्राजीलमा जारी ग्रीष्मकालीन ओलम्पिक्स् अन्तर्गत फुटबलतर्फको सेमिफाइनलमा ब्राजील र होन्डुरस तथा जर्मनी र नाईजेरियाबीच प्रतिस्पर्धा हुने भएको छ ।
बाज्रीलले ३० साउन विहान कोलम्बियालाई २–० गोलअन्तरले पराजित गरेर होन्डुरससँगको भेट पक्का गरेको हो । होन्डुरसले क्वाटर फाइनलमा दक्षिण कोरियालाई १–० गोलले हराएको थियो । पहिलो सेमिफाइनल १७ अगस्त राति हुनेछ ।
यस्तै १८ अगस्त विहान नाईजेरियाले विश्वविजेता जर्मनीको सामना गर्नेछ । क्वाटर फाइनलमा जर्मनीले पोर्चुगललाई ४–० तथा जाईजेरियाले डेनमार्कलाई २–० गोल अन्तरले पाखा लगाएको थियो ।