रोनाल्डो फिफा वर्ष खेलाडी
रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथो पटक फिफा वर्ष खेलाडी घोषित भएका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी र फ्रान्सेली स्ट्राइकर एन्टोन ग्रिजम्यानलाई पछि पार्दै उनले २५ पुस राति उपाधि जितेका हुन । यसअघि सन् २००८, २०१३ र २०१४ मा उनले यो उपाधि जितेका थिए ।
३१ वर्षीय रोनाल्डोले ३४ दशमलव ५४ मत प्राप्त गरे । मेसीले २६ दशमलव ४२ र ग्रिजम्यानले ७ दशमलव ५३ मत पाएका थिए ।
रोनाल्डालेल गत वर्ष रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र पोर्चुगललाई पहिलो पल्ट युरो कपको उपाधि जिताएका थिए । एक महिना अघि यसवर्षको बालोन डि’ओर पनि रोनाल्डोले नै जितेका थिए ।