दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
गुराँस गाउँपालिका–४, घोडाबास नजिकै भे १ ज १०२९ नम्बरको माइक्रोबस दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घाइतेहरुको उद्धार भइरहेको छ । प्रहरी प्रमुख हरिबहादुर ओलीकाअनुसार, प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको छ ।