अर्घाखाँची बस दुर्घटनामा १७ जनाको मृत्यु (अपडेट)
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ७ जना महिला रहेकाे जनाइएकाे छ ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् ।
घाइते भएका सातजनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइतेको उद्धार जारी रहेको बताइएको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।