अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् ।
अहिलेसम्म १० जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
घाइते भएका सातजनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइतेको उद्धार जारी रहेको बताइएको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।