मध्यरातमा सहमति, मेडिकल कलेजहरु अतिरिक्त शुल्क फिर्ता गर्न तयार
शिक्षा मन्त्रालयसँग मेडिकल कलेजहरुले अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति गरेको छ ।
मंगलबार मध्य रातसम्म शिक्षा मन्त्रालयमा चलेको बार्तामा मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्न सहमति जनाएका हुन् ।
सरकारले अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय लिए पछि मेडिकल कलेजहरु सहमतिमा आएका हुन् ।
सरकार र मेडिकल कलेज बीच दुई बुँदे सहमति जुटेको छ । सहमतिअनुसार, बुधबारबाटै मेडिकल कलेजहरुले बढी लिइएको शुल्क फिर्ता लिन शुरु गर्नुपर्नेछ ।