विश्वकप छनोटमा कुवेत विरुद्ध भिड्दै नेपाल
सन् २०२२ मा हुने विश्वकप र २०२३ को एसियाकप छनोट अन्तगर्त नेपालले कुवेत विरुद्ध खेल्दैछ ।
दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले नेपालले होम खेल भुटानमा खेल्दैछ । दिउँसो २ः४५ बजे चाङ्लिमिथाङ मैदानमा हुने खेलमा नेपालका प्रमुख खेलाडी भने अनुपस्थित छन् ।
नाइट क्लबमा गएकाले प्रमुख स्ट्राइकर बिमल घर्तिमगर, फिल्डर अञ्जन बिष्ट र सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी टीमबाट हटाइएका छन् । भुटान प्रस्थान गर्ने अघिल्लो रात नाइट क्लबमा गएको भन्दै उनीहरुलाई टीममा सामेल गराइएको छैन ।
प्रशिक्षक योहान कलिनले भने उपलब्ध खेलाडीहरुबाटै राम्रो नतिजा ल्याउने दावी गरेका छन् । उनले कुवेतसँग अंक खोस्नेगरी मैदानमा उत्रने बताएका छन् । अवे खेलमा नेपाल कुवेतसँग नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो ।
अवे खेलमा अहिलेसम्म नेपालले चाइनिज ताइपेइसँग मात्रै जित निकालेको छ । तर, ताइपेइ विरुद्ध दुई गोल गर्दै जित निकाल्ने अञ्जन खेलमै छैनन् ।