पूर्व कप्तान पारस सहित एकै पटक सात नेपाली खेलाडी पीएसएलको ड्राफ्टमा
पूर्व कप्तान पारस खड्का सहित सात जना नेपाली क्रिकेटर पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् ।
सातै जना सिल्भर क्याटागोरी (विदेशी)मा परेका हुन् । नेपालका पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यानहरु विनोद भण्डारी, आरिफ शेख, रोहितकुमार पौडेल, शरद भेषवाकर र बलर सोमपाल कामी ड्राफ्टमा परेका हुन् ।
तर, नेपाल क्रिकेट संघ (क्यान)ले सिफारिस गरेका करण केसी, पवन सर्राफ र ललितनारायण राजवंशी भने ड्राफ्टमा परेनन् । क्यानले सिफारिस गरेको पाँच खेलाडी मध्ये आरिफ शेख र विनोद भण्डारी भने ड्राफ्टमा परेका छन् ।
सिल्भर क्याटागोरीमा छनोट हुने खेलाडी १५ देखि ३५ हजार डलर पारिश्रमिक पाउनेछन् । नेपालका सन्दीप लामिछाने भने यस अगाडि नै ड्राफ्टमा परिसकेका छन् ।
सन्दीप प्लाटिनम क्याटागोरीमा परेका छन् । यो क्याटागोरी अन्तर्गत सन्दीप छनोट भए लाख ४७ हजार देखि २ लाख १८ हजार डलरसम्म पारिश्रमिक पाउनेछन् । सन्दीपले अघिल्लो सिजनमा समेत पीएसएल खेलिसकेका छन् ।