टी १० मा सन्दीप लामिछानेले पहिलो बलमै लिए विकेट
टी–१० मा सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएका छन् । चौथौं ओभरमा आएका सन्दीपले पहिलो बलमै विकेट लिएका हुन् ।
मोहम्मद उस्मानलाई बोल्ड गरेका सन्दीपले पहिलो ओभरमा तीन रन मात्रै दिए । सन्दीपको दोस्रो ओभर भने राम्रो हुन सकेन । छैटौं ओभरमा आएका सन्दीपले १६ रन खर्चिए ।
सन्दीप आवद्ध टीम कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले पराजित समेत गरेको छ । कर्नाटकले दिल्ली बुल्सलाई १११ रनको चुनौती दिएको थियो । तर, बुल्सले आठ विकेट गुमाउँदै ९१ रन मात्रै बनाउन सक्यो । कर्नाटकाको यो पहिलो खेल हो ।
कर्नाटकका लागि रिम्मिङटनले दुई विकेट लिए भने पट ब्रोनले एक विकेट लिएका छन् ।
कर्नाटकका लागि कप्तान हसिम अम्लाले ६, जोनसन कार्लेस १३, उपल थाराङ्नाले ४८, साफिकुल्लाहले ३४ र रोले ४ रन जोडेका थिए ।