नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा
चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ ।
भारतको सिलगुडीमा १५ पुसमा सम्पन्न खेलमा नेपालका लागि खेलको ८७ औं मिनेटमा सपना लामाले गोल गरेकी थिइन ।
यो जितसँगै नेपाल समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणका दुई खेलमा नेपालले भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो ।