खेलकुद शुक्रबार, कात्तिक २९, २०७६

सन्दीप लामिछानेलाई दिल्लीले अक्सनमा राखेन, यस पटक पनि २० लाख भारुमै खेल्ने

हिमालखबर

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि दिल्ली क्यापिटल्स्ले नौ खेलाडी अक्सनमा रोखेको छ ।

दिल्लीले क्रिस मोरिस, कोलिन इन्ग्राम र कोलिन मुन्रो जस्ता राम्रा विदेशी खेलाडीलाई समेत अक्सनमा राखेको छ । अघिल्लो सिजनमा खासै नचलेका यी महँगा खेलाडीलाई अक्सनमा राखेको दिल्लीले सन्दीप लामिछानेलाई भने टीममै राखेको छ ।

 दिल्लीले सन्दीप सँगै इंग्ल्याण्डका स्ट्रार बलर कागिसो रबाडालाई भने अक्सनमा राखेको छैन । दिल्लीले हनुमा बिहारी, जलज सक्सेना, मन्जोत कार्ला, अंकुश बैन्स, नाथु सिंह र बंदारु अयाप्पालाई पनि अक्सनमा राखेको छ ।

आईपीएलको अक्सन डिसेम्बर अन्तिममा हुँदैछ । अक्सनमा नपरेसँगै सन्दीपले यस सिजनमा पनि २० लाख भारुमा दिल्लीबाटै खेल्नेछन् ।

 

 

प्रतिकृया दिनुहोस