सन्दीप लामिछानेले यसपटककाे आईपीएल दिल्लीबाटै खेल्ने, नौ खेलाडी अक्सनमा
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि दिल्ली क्यापिटल्स्ले नौ खेलाडी अक्सनमा रोखेको छ ।
दिल्लीले क्रिस मोरिस, कोलिन इन्ग्राम र कोलिन मुन्रो जस्ता राम्रा विदेशी खेलाडीलाई समेत अक्सनमा राखेको छ । अघिल्लो सिजनमा खासै नचलेका यी महँगा खेलाडीलाई अक्सनमा राखेको दिल्लीले सन्दीप लामिछानेलाई भने टीममै राखेको छ ।
दिल्लीले सन्दीप सँगै इंग्यल्याण्डका स्ट्रार बलर कागिसो रबाडालाई भने अक्सनमा राखेको छैन । दिल्लीले हनुमा बिहारी, जलज सक्सेना, मन्जोत कार्ला, अंकुश बैन्स, नाथु सिंह र बंदारु अयाप्पालाई पनि अक्सनमा राखेको छ ।
आईपीएलको अक्सन डिसेम्बर अन्तिममा हुँदैछ । अक्सनमा नपरेसँगै सन्दीपले यस सिजनमा पनि २० लाख भारुमा दिल्लीबाटै खेल्नेछन् ।