कप्तान रोनाल्डोकाे ह्याट्रिकमा पोर्चुगलको शानदार जित
यूरो कप छनोट खेलमा कप्तान क्रिश्चियानो रोनाल्डोको ह्याट्रिक सँगै पोर्चुगलले शानदार जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ६–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै पोर्चुगलले २–० को अग्रता लिएको थियो । दुवै गोल कप्तान रोनाल्डोले गरेका हुन् । उनले सातौ मिनेटमा पेनाल्टी मार्फत र २२औं मिनेटमा अर्को गोल गरेका थिए ।
दोस्रो हाफको ५२औं, ५६औं र ६३औं मिनेटमा पोर्चुगलले गोल गर्दै ५–० को अन्तर निकालेको थियो । ६५औं मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक गरे भने लिथुनियासँगको अन्तर ६–० बन्यो ।
पोर्चुगलको घरेलु मैदानमा लिथुनियाले भने सान्त्वना गोल समेत फर्काउन सकेन ।