फाल्गुनन्द जन्मोत्सवमा सार्वजनिक विदा
फाल्गुनन्द लिङदेनको १३५औं जन्मोत्सवमा पाँचथर, इलाम र ताप्लेजुङका स्थानीय सरकारले सार्वजनिक विदा दिएको छ ।
पाँचथरका आठै स्थानीय सरकारले जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ भने इलाम र ताप्लेजुङका केही स्थानीय सरकारले सार्वजनिक विदा दिएको छ ।
किराँत समुदाय जोडिएका फाल्गुनन्दको जन्मोत्सव पूर्वी नेपाल बाहेक छिमेक भारतमा समेत मनाइने गरेको छ ।
समाज सुधारकका रुपमा व्याख्या गरिने फाल्गुनन्दलाई सरकारले १६औं राष्ट्रिय विभुति घोषणा गरेको छ ।
राधा लुइटेल, पाँचथर