सांसद गाैतमको कोठाबाट दिउँसै चोरी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको घरबाट दिउँसै चोरी भएको छ ।
बानेश्वरस्थित कोठामा कोही नभएको मौका छोपी बिहीबार दिउँसो चोरी भएको हो । फ्ल्याट लिएर बसेका सांसद गौतमको कोठाबाट दिउँसो तीनदेखि चार बजेभित्र चोरी भएको बानेश्वर प्रहरीले जनाएको छ ।
गौतमको कोठाबाट सुन, चाँदी र नगद गरी तीन लाख बराबरको चोरी भएको छ । चोरी भएको जानकारी आए पछि खोजी कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
गौतम संखुवासभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।