प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस सकियाे, साँझ बालुवाटार फर्किदै
स्वास्थ्यमा समस्या देखिएपछि १३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस पूरा भएको छ ।
उनको उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस पूरा भएको बताएका हुन् ।
असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन अजरबैजान पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट फर्केपछि अस्वस्थ भएका थिए ।
नियमित स्वास्थ्य जाँचका लागि भन्दै अस्पताल भर्ना भएका ओलीको शरीरमा क्रियाटनिन्को मात्रा बढेको देखियो ।
चिकित्सकका अनुसार उनको मिर्गौलाले कम काम गर्दै गएको देखिएपछि शरीरमा क्रियाटनिन्को मात्रा घटाउन १३ कात्तिकमा अस्पतालको आईसीयूमा राखेर मिर्गौलाको डायलासिस गरिएको हो ।
उनलाई १३ कात्तिकमा नै डायलासिस गरेर रेफर गर्ने तयारी गरिए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि १४ कात्तिकमा दोस्रो डायलासिस गरिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
दोस्रो पटक उनलाई आईसीयूबाट वार्डमा सारेर डायलासिस गरिएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री आज साँझै बालुवाटार फर्किनेछन् ।