पाकिस्तानले दिएन मोदीलाई आफ्नो हवाई क्षेत्र प्रयोगको अनुमति
भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरबको भ्रमणका लागि पाकिस्तानको हवाई मार्ग प्रयोग गर्न दिन गरेको आग्रह त्यहाँको सरकारले अस्वीकार गरेको छ।
पछिल्लो दुई महीनामा पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको यो दोस्रो पटक हो। यसअघि भारतले गत २० सेप्टेम्बरमा मोदीको जर्मनी भ्रमणका लागि हवाई क्षेत्र प्रयोग गर्न मागेको अनुमति पनि अस्वीकार भएको थियो।
आइतबार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले कश्मीरमा मानव अधिकार उल्लंघन भएकाले भारतको आग्रह अस्वीकार गरेको बताए। "यो विषय पाकिस्तानस्थित भारतीय दूतावासलाई सूचित गरिसकेका छौं," उनले भने।
मोदी आज (सोमबार) साउदी अरब जाँदैछन्। पाकिस्तानको अस्वीकारपछि उनले लामो हवाई मार्ग तय गर्नुपर्ने भएको छ। मोदीले साउदी अरब लगानी सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले साउदी राजा सलमानन र राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता पनि गर्नेछन्। - एजेन्सी