अपराजित लिभरपुलसँग अंक खोस्यो युनाइटेडले
इंग्लिस प्रिमियर लिगमा अपराजित लिभरपुलसँग म्यानचेस्टर युनाइटेड अंक खोस्न सफल भएको छ ।
आइतबार राति सकिएको खेलमा युनाइटेडले लिभरपुलसँग बराबरी खेलेको छ । खेलको ३६औं मिनेटमै युनाइटेडका माक्र्युस रास्फोर्डले गोल गर्दै लिभरपुललाई पछाडि पारेका थिए ।
पहिलो हाफमा युनाइटेडले १–० अग्रता लिए पछि अपराजित लिभरपुल दबावमा परेको थियो । खेलमा लिभरपुल हाबी भए पनि खेलको अन्त्यसम्म पनि युनाइटेडको अग्रता कायमै रह्यो ।
तर, ८५औं मिनेटमा आदमले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याए । यसपछि कुनै गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो । ८ खेलसम्म अपराजित रहेको लिभरपुलसँग बराबरी खेल्दै युनाइटेडले अंक खोस्न सफल भयो ।
बराबरी खेले पनि लिभरपुल ९ खेलबाट २५ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने युनाइटेडले समान ९ खेलबाट १० अंक जोड्दै १३औं स्थानमा छ ।