सांसद गुरुङ साधारण तारेखमा रिहा
प्रतिनिधि सभाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी भएपछि आइतबार उनी अदालत हाजिर भएका थिए । थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने आदेश भएको गुरुङले जानकारी दिए ।
दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उनी दोलखा १ बाट निर्वाचित सांसद हुन् ।