निलम्बन फुकुवाका लागि क्यानसँग आईसीसीको दुई सर्त
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथिकाे निल्मबन सर्त सहित फुकुवा गरेकाे छ ।
आईसीसीकै सर्तअनुसार, क्यानमा नयाँ नेतृत्व आए पनि अझ दुई सर्त राखेको छ । आईसीसीले क्यान फुकुवाका लागि आर्थिक पारदर्शिता र कार्यालय व्यवस्थापनलाई सर्तका रुपमा राखेको छ ।
यी दुई सर्त सहित क्यान फुकुवा गर्ने बाटो आईसीसीले खोलिदिएको छ । क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक अपादर्शिता भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।
पछि आईसीसीकै सर्तअनुसार जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मान्यता प्राप्त निर्वाचनबाट चतुरबहादुर चन्द क्यानको अध्यक्ष निर्वाचित भएका छन् ।
क्यानको निर्वाचन पछि बसेको आईसीसीको बैठकले निलम्बन पूर्ण फुकुवाका लागि दुई सर्त राखेको हो ।