दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी
राजधानीको दरबारमार्गमा आइतबार साँझ भीषण आगलागी भएको छ । दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । आगलागीको कारण खुल्न नसकेको र नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।