नेपालको ऐतिहासिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान
नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ अहिले दिउँसो २ः४४ बजे स्वदेश फर्किएका छन् ।
सीलाई बिदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । बिदाईमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । सांस्कृतिक झाँकी पनि देखाइएको थियो ।
सी शनिबार दिउँसो ४ः४५ बजे एअर चाइनाको विशेष विमानबाट काठमाडौं ओर्लिएका थिए ।
राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा दुई देशबीच १८ वटा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।