चिनियाँ राष्ट्रपति भारतको महाबलीपुरममा
चिनियाँ राष्ट्रपति र भारतीय प्रभानमन्त्रीको भारतको तामिलनाडुको महाबलीपुरममा अनौपचारिक भेटवार्ता भएको छ । दुवै नेताले त्यहाँको ‘शोर टेम्पल’ नजिकै स्थानीय नृत्य कार्यक्रमको आनन्द लिए ।
तमिल भेषभूषा धोती र कुर्ता लगाएका भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति सीलाई युनेस्कोको विश्व सम्पदामा सूचीकृत १६.५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको त्यस सम्पदा क्षेत्रमा लगेका थिए ।
सबभन्दा पहिले दुवैजना अर्जुन तपस्यास्थली पुगे । त्यसपछि कृष्णा बटरलबाल अनि पञ्चरथ अन्त्यमा तट मन्दिर (शोर टेम्पल) पुगे ।
यसबीचमा मोदीले सीलाई यी सम्पदाको बारेमा जानकारी गराए । साथै हातमा हात राखेर तस्वीर खिचाए । माेदीले सीलाई नरिवलकाे पानी पिलाए ।
सी र मोदीको करीब ४० मिनेटसम्म वन टू वान वार्ता हुने बताइएको छ । यी दवै नेताको यो दोस्रो अनौपचारिक वार्ता हो । यसअघि चीनको वुहानमा सी र मोदीले भेटवार्ता गरेका थिए ।
महाबलीपुरम तमिलनाडुको चेन्नईबाट करीब ६० किलोमिटर टाढा बंगालको खाडी नजिकै रहेको एक प्राचीन स्थल हो ।
यसको पल्लव वंशीय राजा नरसिंह वर्मनले सातौं शताब्दीमा धार्मिक उद्देश्यले स्थापित गरेका थिए । नरसिंहले ‘मामल्ल’ उपाधि प्राप्त गरेका थिए । यस कारण यो ठाउँ मामल्लपुरमको नामले पनि चिनिन्छ । चीन र भारतबीच २ हजार वर्ष पहिले महाबलीपुरमको तटीय क्षेत्रमा व्यापारिक सम्बन्ध रहेको बताइन्छ । –एजेन्सी