विश्वकप छनोटमा नेपाल अष्ट्रेलियासँग पराजित
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवलको छनोट खेलमा नेपाल अष्ट्रेलिया सँग पाँच–शून्य गोल अन्तरले पराजित भएको छ ।
नेपाल पराजित गर्ने क्रममा अष्ट्रेलियाका लागि जेमी मिक्लारेनले ह्याट्रिक गरे । खेलको तीन मिनेटमै जेमीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । उनले १९औं र ९० मिनेटमा थप गोल गर्दै ह्याट्रिक गरे ।
पहिलो हाफसम्म तीन गोलको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो हाफमा दुई गोल थप्यो । २३औं मिनेटमा ह्यारी साउटरले गोल गरेका थिए । दोस्रो हाफको ५९औं मिनेटमा नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेपछि नेपाल ४–० ले पछि परेको थियो ।
फिफा बरियतामा ४४औं स्थानमा रहेको अष्ट्रेलिया विश्वकप नै खेल्दै आएको टीम हो । तर, १६१औं स्थानमा रहेको नेपालका खेलाडीहरुले पहिलो भन्दा दोस्रो हाफमा राम्रो खेलेका थिए । गोल फर्काउन र हार जोगाउन भने नेपाल असफल रह्यो ।
विश्वकप छनोटमा कुवेतसँग ७–० ले पराजित नेपालले चाइनिज ताइपेइ बिरुद्ध भने २–० को जित निकालेको छ ।