नेदरल्याण्डस् बिरुद्ध भिड्दै नेपाल
ओमानमा जारी टी–२० सिरिजमा नेदरल्याण्ड्स बिरुद्ध नेपाल फिल्डिङमा उत्रिएको छ ।
टस जित्दै नेपालले नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको हो । नेपालका लागि दोस्रो ओभरको पहिलो बलमै सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।
सात ओभरकाे खेल सकिदा नेदरल्याण्ड्सले दुई विकेटकाे क्षतिमा ५४ रन बनाइसकेकाे छ । नेपालका लागि करण केसीले थप एक विकेट लिएका छन् ।
आइतबार हङकङसँग जित निकालेको नेपालले खेलाडी परिवर्तन गरेको छैन । नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्ने दाउमा छ भने नेदरल्याण्ड्स पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्सले एक खेलमा हार बेहोरिसकेको छ ।