उपनिर्वाचन प्रक्रियामा भाग लिन आयोगको अपिल
निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिनसमेत अपिल गरेको छ ।
दशैं, दीपावली, नेपाल संवत, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा आयोगले शुभकामना व्यक्त गर्दै आगामी उपनिर्वाचनमा भाग लिन अपिल गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वा्चित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवीलगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवम् व्यक्तिप्रति शुभकामना व्यक्त गरिएको छ ।
पर्वहरुले सबै नेपालीमा सुख, सु–स्वास्थ्य, सम्पन्नता र राष्ट्रको समृद्धि कायम गर्न सफल होस् भन्ने कामना विज्ञप्तिमा गरिएको छ ।